१७ श्रावण २०७७, शनिबार

स्थानीय रक्सी बन्द गरी बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित विभिन्न ब्राण्डका रक्सीहरुको प्रवर्द्धन गरिएको विरोधमा प्रधानमन्त्री केपी ओलीलाई रक्सी उपहार पठाइएको छ ।
किरात राई यायोक्खाले प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलमार्फत शुक्रबार ज्ञापनपत्रसहित कोदोबाट बनाइएको ’रक्सी उपहार’ पठाएको हो । किराती संस्कृतिमा जन्मदेखि मृत्युसम्म रक्सीको चलन छ । स्थानीय रक्सीलाई बन्द गराउनु किराती संस्कृतिविरुद्ध राज्य उभिएकोले त्यसको अन्त्य हुनु पर्ने ज्ञापन पत्रमा उल्लेख छ ।
किराती आमा चेलीहरुलाई उत्पादन गरेको रक्सीलाई प्रतिबन्ध नगरी ब्राण्ड बनाएर आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा ज्ञापनपत्रमार्फत सुझाइएको छ । यायोक्खा खोटाङको विज्ञप्तीमा छ–‘जबसम्म राष्ट्रले स्थानीय उत्पादनलाई प्रोत्साहन, लगानी र प्रवर्द्धन गर्दैन तबसम्म समृद्धि सम्भव छैन ।’

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट