१६ श्रावण २०७७, शुक्रबार

उपचारको क्रममा मृत्यु भएका संक्रमित व्यक्तिको शव बोक्न धरानका शव वाहन चालकहरु सहमत भएका छन् ।धरान उपमहानगरका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार धरानमा ६ वटा शव वाहन रहेको छ । ती मध्ये कुनैलाई पनि संक्रमितको शव मात्र बोक्ने गाडीकोरुपमा भने नतोकिएको उनले बताए । चालकहरुलाई आवश्यक पर्ने पिपिई, मास्क, सेनिटाइजर लगायत पनि व्यवस्थापन गरिनेछ ।

आज शुक्रबार धरान उपमहानगरपालिकामा भएको छलफल पछि शव वाहन चालकहरु संक्रमितको शव बोक्न सहमति जनाएका हुन् । बुधबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएका मोरङका संक्रमित व्यक्तिको शव २४ घण्टासम्म लैजान नसके पछि शव वाहन व्यवस्थापनको बिषय चर्कोरुपमा उठेको थियो । हिजो बिहिबार धरानमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख(एसपी)सहितको बैठकमा पनि यो बिषयमा छलफल भएर शुक्रबार(आज) एम्बुलेन्स र शव वाहनसँग छलफल गर्ने निणय भएको थियो । सोही निर्णय अनुसार आज भएको छलफलमा शव वाहन चालकहरु संक्रमितको शव बोक्न सहमत भएका हुन् ।

 

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट