११ श्रावण २०७७, आईतवार

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा चासो देखाएको छ ।

आइतबार उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई भेटेर नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले एमसीसीका विषयमा चासो राखेका हुन् । सत्तारुढ दल नेकपाकै नेताहरु एमसीसी अनुमोदन गर्न हुने र नहुने पक्षमा विभाजित भएका बेला राजदूत बेरीले भेट गरेका हुन् ।
गएको जेठ १६ गते एमसीसी संसदबाट पारित गरिसक्नु पर्ने भए पनि पारित हुन नसकेपछि नेपालले गरेको आन्तरिक तयारीबारे राजदूत बेरीले उपप्रधानमन्त्रीलाई भेटेर यसबारे बुझेका हुन् । भेटमा राजदूत बेरीले एमसीसीको विषय के भइरहेका छ भन्दै चासो राखेको रक्षा मन्त्रालयका सहसचिव सन्तबहादुर सुनारले बताउनुभयो ।
भेटमा बेरीले विश्वका अन्य देशहरुबाट माग भइरहेको सन्दर्भमा नेपालले किन ढिला गरिरहेको छ भन्दै चासो राखेको सहसचिव सुनारले बताउनुभयो । रक्षा मन्त्री पोखरेलले सरकार अझै छलफलमा रहेकाले अनुमोदन गर्न ढिला भएको बताउनुभयो । एमसीसीका विषयमा सरकारले गम्भीर छलफल गरिरहेको पोखरेलले बेरीलाई जानकारी गराउनुभएको थियो ।
भेटमा बेरीले छिमेकी भारतमा एक दिनमा लाख बढी जनतामा कोरोना पोजेटिभ देखिएको सन्दर्भमा नेपालले बनाएको योजनाबारे पनि चासो राखेका थिए । अमेरिकाले सुरुमा केही कमजोरी गरेका कारण अहिले समस्या बढेर गएको उल्लेख गर्दै बेरीले सङ्क्रमण नियन्त्रण गर्दै आर्थिक गतिविधि सञ्चालनका लागि सावधानी अपनाउन आग्रह गरेका थिए ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट