२० असार २०७७, शनिबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पर्सि सोमबारसम्मका लागि स्थगित भएको छ ।
आज बस्ने भनिएको बैठक पर्सि सोमबारसम्मका लागि स्थगित भएको हो । यसअघि अस्ति बिहीबार बसेको बैठक नेतृत्वबिच सहमति खोज्नकै लागि आजसम्मका लागि स्थगित गरिएको थियो । तर नेताहरुबीच सहमति नजुटेपछि बैठक फेरि स्थगित गरिएको छ ।
आज पनि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुने भएको छ । हिजोको छलफलले सहमति नजुटाए पनि दुईबीचको आपसी तिक्तता भने हटाएको नेताहरुको दावी छ ।
हिजोको छलफलमा सहमतिको मिलनबिन्दुको खोजी गर्न दुवै अध्यक्ष सहमत भएका छन् । तर दुवै आआफ्नै अडानमा छन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद कुनै हालतमा पनि नछोड्ने अडान लिनुभएको छ भने अर्का अध्यक्ष प्रचण्डले दुईमध्ये एक पद छोड्न सुझाव दिनुभएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट