२० असार २०७७, शनिबार

पछिल्लोपटक गोरखाको पालुङटार नगरपालिकाका ४४ वर्षीय पुरुष र रुपन्देहीको देवदह नगरपालिकाका ७५ वर्षीय वृद्धको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
शनिबार नियमित ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मृतक दुवैजनाको शव नेपाली सेनाले व्यवस्थापन गरिसकेको जानकारी दिए । पछिल्लो २४ घन्टामा थप २३२ जनामा कोरोना संक्रमण देखिएको उनले बताए । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १५ हजार ४९१ पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।
पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २७२ जना घर फर्केका छन् । अहिलेसम्म कोरोनाबाट मुक्त भएर घर फर्कनेको संख्या छ हजार ४१५ पुगेको उनले बताए ।
पछिल्लो २४ घन्टामा चार हजार ५० ओटा ‘पीसीआर’ परीक्षण भएको मन्त्रालयले जनाएको छ । अहिले देशभर नौ हजार ४२ जना ‘आइसोलेसन’मा रहेका छन् । ३३ हजार १२५ जना ‘क्वारेन्टिन’मा रहेका जनाइएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट