१९ असार २०७७, शुक्रबार

धनुषाको जनकपुरधाम उपमहानगरपालिका स्थित दुधमती खोला छेउमा एक बालिकाको शव फेला परेको छ ।
बुधबारदेखि हराएकी जनकपुरधाम–२१ कुर्था निवासी ११ बर्षीया कञ्चन पञ्जियारको शव आज दिउँसो फेला परेको हो ।
उनको शव घरदेखि झण्डै १ किलोमिटर टाढा दुधमती खोला छेउमा फेला परेको धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।
गएको बुधबार भैंसी चराउन गएकी बालिका हराएको सूचना पाएपछि प्रहरीले बिहीबारदेखि खोजी सुरु गरेको थियो ।
अर्धनग्न अवस्थामा शव फेला परेको हुँदा उनको बलात्कारपछि हत्या भएको प्रहरीले आशंका गरेको छ । उनको बलात्कार भएको हो वा होइन भन्ने विषय पोस्टमार्टम रिपोर्टबाट खुल्ने कार्कीले बताए ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट