१८ असार २०७७, बिहीबार

प्रदेश एकको पछिल्ला संसद बैठकमा सत्तापक्ष र विपक्षी सांसदबीच जुहारी नै चल्ने गरेको छ ।
नेपाली काँग्रेसका सचेतक सुयर्माराज राईले सरकारको रातो किताबलाइ कालो किताब भन्दै व्यँग्य कसेका थिए । उनलाई काउन्टर दिँदै नेकपाका सचेतक बुद्दिकुमार राजभण्डारीले सरकारको नीति तथा योजनाको आधिकारिक किताबलाई कालो भनिएको प्रति आक्रोस पोख्दै मँगलवारको संसद बैठकमा आँखा कमजोर भएको हुनसक्ने कटाक्षा गर्नुभयो । उहाले सभामुखलाई आग्रह गर्दै संसदको एउटा कुनामा आँखा चेक गर्ने व्यवस्था गर्न पनि माग गर्नुभएको थियो । यसअघि सत्ता पक्षकै सांसद सर्वध्वज साँवाले सरकारको बजेटलाई राम्रो भन्दै फ्लाइङ किस नै दिनुभएको थियो ।
दलीय व्यवस्थामा संसद मर्यादिन थलो हो । सांसदहरुले दिएका ती अभिव्यक्तिहरु संसदको मर्यादामा ठेस पुगेकोतर्फ मुख्यमन्त्री शेरधन राईले संकेत गर्नुभएको छ । उहाले हिजो प्रदेश सभालाई सम्बोधन गर्दै सांसदहरूलाई मर्यादित रहन आग्रह गर्नुभयो । उहाले प्रदेश सभाको गरिमालाई ख्यालमा राखेर कुरा गर्न आग्रह गर्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट