१६ जेष्ठ २०७७, शुक्रबार

सरकारले हिजो घोषणा गरेको आर्थिक वर्ष ७७र७८ को बजेट पछि सुनको प्रतितोला मूल्यमा २३ सय ३२ रुपैयाँले थपिएको छ ।
कर वृद्धिपछि यसअघि निर्धारण हुँदै आएको मूल्यमा अब झण्डै साढे २३ सय रुपैयाँ थपेर नयाँ मूल्य तोकिने छ । यसअघि प्रति १० ग्राम सुनमा ६ हजार पाँच सय रुपैयाँले लाग्दै आएको भन्सार महशुल हिजोको बजेटपछि दुई हजार रुपैयाँले बढाएर ८ हजार ५ सय रुपैयाँ र्पुयाइएको छ । एक तोला सुनमा ११.६६४ ग्राम सुन हुन्छ ।
यस्तै चाँदीमा प्रतिकिलो ७५ हजार रुपैयाँ लाग्ने भन्सार महशुल १० हजारले बढाएर ८५ हजार रुपैयाँ र्पुयाइएको छ । साबिकको भन्सार महशुलमा सुनको प्रतितोला भन्सार महशुल ३१ प्रतिशतले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्यले बताए । यस्तै चाँदीको भन्सार महुशुल पनि १३ प्रतिशतले बढेको शाक्यको भनाइ छ ।
‘लकडाउन र अन्तर्रा्ष्ट्रिय बजारमा बढेको मूल्यले शिथिल बनेको सुन चाँँदी व्यवसायलाई सरकारले बजेट मार्फत थप आहात दिएको छ, अर्थमन्त्रालयसंग छलफल गछौँ,’ वरिष्ठ उपाध्यक्ष शाक्यले भने । दुई महिनादेखि बन्द रहेको सुन चाँदी व्यवसाय सरकारको कदमले थप धरासायी हुनसक्ने महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यको भनाई छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट