१६ जेष्ठ २०७७, शुक्रबार

पछिल्लो समय भारतमा कोरोना भाइरसबाट चीनमा भन्दा धेरै मानिसको मृत्यु भएको छ । संक्रमित संख्या पनि चिन भन्दा दोब्बर पुगेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट चार हजार ७ सय ६ जनाको मृत्यु भएको छ । चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार हजार ६ सय ३८ जना छ ।
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि एक लाख ६५ हजार ८ सय पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ७ हजार ४ सय ६६ नयाँ संक्रमित फेला परेका छन् । एकैदिन भेटिएका नयाँ संक्रमितको यो संख्या भारतको अहिलेसम्मकै उच्च पनि हो । भारतको सबैभन्दा प्रभावित एउटै राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५९ हजार ५ सय ४६ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म १ हजार ९ सय ८२ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट