१६ जेष्ठ २०७७, शुक्रबार

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीस्थित मल्ल थरकी केटी भगाउन गएका युवाहरुमाथि भएको आक्रमणको छानविन गर्न सरकारले गठन गरेको उच्चस्तरीय समिति जाजरकोट पुगी आजदेखी काम थालेको छ ।
उच्चस्तरीय समितिले आज मात्रै पीडितपक्षसँग भेटघाट गरेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिएका छन्। उक्त छानविन समितिले भेरी नगरपालिका–४ का सन्जु भनिने सञ्जीव विकको शवबारे स्वास्थ्य सेवा कार्यालयमा पुगेर अध्यायन गरेको छ। घटनाबारे सदनदेखि सडकसम्म चर्को दबाब परेपछि सरकारले गृहमन्त्रालयका सह–सचिव जीतेन्द्र बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो। दलित भएकै कारण उपल्लो जातको केटी बिहे गर्न जाँदा मारिनुपर्ने अवस्थाको कहिले अन्त्य हुने भन्दै उक्त घटनाबारेमा छानविन गर्न चौतर्फी दबाब परेको थियो। सरकारद्वारा गठिन समितिले हिजो जाजरकोट पुगेर काम थालेको हो। उक्त घटनामा जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक सन्जु विक, गणेश बुढा, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव भेरी नदीमा फेला परिसकेको छ। भेरी नगरपालिका वडा नम्वर ११ का गोविन्द शाही अझै बेपत्ता छन्।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट