१५ जेष्ठ २०७७, बिहीबार

संविधान संशोधन प्रस्तावका बारेमा निर्णय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यहि जेठ १७ गते शनिबार बस्ने भएको छ ।
संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक रहेको र यसबारेमा आधिकारिक निर्णय गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई अनिवार्य उपस्थित हुन पनि कांग्रेसले भनेको छ । सरकारले लिपुलेक लिम्पियाधुरा र कालापानी क्षेत्र समेटेरर नयाँ नक्सा जारी गरेपछि नेपालको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्न सरकारले विधेयक संसदमा दर्ता गरेको छ ।
संसदको हिजोको बैठकमा यो विधेयक अघि बढाउने तयारी गरेपनि सरकारले अन्तिम समयमा विधेयक अघि नबढाउने निर्णय गरेपछि हिजोको कार्यसूचीबाट हटाइएको थियो ।
सरकारले कांग्रेसले समय मागेकाले विधेयक अघि नबढाइएको दावी गरेको छ भने कांग्रेसले यसमा आफ्नो कारण नभएको स्पष्टीकरण दिएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट