१० जेष्ठ २०७७, शनिबार

लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हिजो नयाँ नक्सा राजपत्रमा प्रकाशन गर्न पठाएलगतै मुद्रण विभागले प्रकाशन गरेको हो। राजपत्रमा प्रकाशित भएको नक्सामा नेपाल सरकारको तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार न्यौपानेले हस्ताक्षर गरेका छन्। यो नक्सा राजपत्रमा प्रकाशित भएसँगै नेपालका सबै सरकारी कामकाज किताबहरूमा पनि राजपत्रमा प्रकाशन भएकै नेपालको नक्सा लागू हुनेछ। गत जेठ ४ गतेको मन्त्रिपरिषदको बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो। उक्त नक्सा गत जेठ ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपाल टेलीभिजनमा एक कार्यक्रमका बीच सार्वजनिक गरेकी थिइन्। नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित भइसकेपछि नापी विभागले पहिलो चरणमा ३ हजार नेपालको नयाँ नक्सा छाप्ने तयारी गरेको छ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट