७ जेष्ठ २०७७, बुधबार

सरकारले वैदेशिक रोजागारीका सिलसिलामा विभिन्न देशमा रहेका र कोरोना महाकारीका कारण अलपत्र परेकाहरुलाई स्वदेश फर्काउने भएको छ ।
विभिन्न देशमा रहेका नेपालीलाई कसरी उद्धार गरेर ल्याउने भन्ने बारेमा विभिन्न चरणमा छलफलपछि कोरोना नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कार्य्विधि बनाउने निर्णय गरेको छ ।
आज बिहान बसेको उच्चस्तरिय समितिको बैठकमा भारतसहित तेस्रो मुलुकबाट आउनेहरुको व्यवस्थापनका विधिका बारेमा छलफल भएको हो । कार्य्विधि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तयार पार्नेछ ।
सरकारले विदेशबाट फर्किनेहरुको व्यववस्थापन गर्न सातै प्रदेशमा एक–एकजना संघीय सरकारका मन्त्रीहरुलाई ‘फोकल पर्सन’ तोकेको छ । उनीहरुले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी क्वारेन्टाइन लगायतका व्यवस्था गर्नेछन् । भारत बाहेक नै करीव ६ लाख नेपाली स्वदेश फर्किने अनुमान गरिएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट