७ जेष्ठ २०७७, बुधबार

सरकारले हिजो नेपालको राजनीतिक नक्सा सच्याएसंगै नेपालको क्षेत्रफल पनि परिमार्जन भएको छ ।
लिपुलेक, कालापानी र लिम्पियाधुरालाई पनि समेट्दै नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालतर्फ ३ सय ९५ वर्ग किलोमिटर क्षेत्रफल थप भएको हो ।
भूमी व्यवस्था तथा सहकारी एवं गरिबी निवारण मन्त्रालयका अनुसार लिपुलेक, कालापानीतर्फ भारतले अतिक्रमण गरेको ६० र लिम्पियाधुरातर्फ ३ सय ३५ वर्ग किलोमिटर भुभाग थपिएको हो । योसंगै नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय ७६ वर्ग किलोमिटर पुगेको छ ।
मन्त्रालयले सो क्षेत्रको नाप गरेपछि मात्र आधिकारीक विवरण भने सार्वजनिक गर्ने जनाएको छ । यसअघिको नेपालको नक्सा अनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर रहेको थियो ।
नयाँ नक्सालाई सरकारी प्रयोजनसंगै पाठ्यक्रममा पनि समावेश गराईने मन्त्रालयले उल्लेख गरेको छ ।
नयाँ नक्सा कार्यान्वयनमा नेपाल भित्र कुनै पनि समस्या नरहेपनि अन्तर्रा्ष्ट्रियस्तरमा यसलाई स्थापित गराउन भने राजनीतिक, कुटनीतिक र रणनीतिक पहल आवश्यक रहेको संविधानविदहरुको भनाई छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट