५ जेष्ठ २०७७, सोमबार

नेपाली कांग्रेसका नेता शशांक कोइरालाले सरकारले ल्याएको नीति तथा कार्यक्रम कर्मकाण्डी मात्रै भएको बताउनुभएको छ । जनताको दुःखमा सरकार संवेदनशिल हुनुको सट्टा कर्मकाण्डी शैलीमा आफ्नै गुणगान गाउँदै नीति तथा कार्यक्रम आएको उहाँले बताउनुभयो ।
नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका अतिक्रमित भूमिका विषयमा नीति तथा कार्यक्रममा उल्लेख हुनु सकारात्मक भए पनि सार्थक र परिणाममुखी वार्ता गरेर उच्चस्तरबाटै समाधान खोज्नुपर्ने उहाँले बताउनुभयो ।
सरकारले कोरोना नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेको बताए पनि खास योजनाहरु नआएको उहाँले बताउनुभयो । दैनिक ज्यालादारीमा काम गर्दै आएका नागरिकको राहत वितरणमा संवेदनशील हुँदै विदेशमा अलपत्र परेका नागरिकलाई सुरक्षित तवरले घर फर्काउन उहाँले आग्रह गर्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट