२ जेष्ठ २०७७, शुक्रबार

१३ वर्षीया बालिकालाई यौन शोषण गरेको आरोपमा बालिकाका आफन्तले बिहीबार मुद्धा दर्ता गरेपछि शुक्रबार बिहान धनकुटा नगरपालिका ६ का गौरी अत्री, सिरान बजारका देवेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए।
धनकुटा घर भएकी ती बालिकालाई ललाईफकाई यौन शोषण गर्दै आएको भनी बालिकाका परिवारले अत्री, श्रेष्ठसहित धनकुटा नगरपालिका ६ स्थित गोकुण्डेश्वर माविका शिक्षक मदन अधिकारी र कचिडेका भक्तबहादुर मगरविरुद्ध प्रहरीमा उजुरी दिएका थिए।
अधिकारी र मगरको खोजी भइरहेको प्रहरीले जनाएको छ। अधिकारी अखिल नेपाल शिक्षक संगठनको प्रदेश १ महासचिव हुन्। श्रेष्ठले सिरानबजारमा खाजा पसल सञ्चालन गर्दै आएका छन्। अत्री स्थानीय व्यवसायी हुन्। उनीहरुले लामो समयदेखि ती बालिकालाई ललाईफकाई गर्दै यौन शोषण गर्ने गरेको परिवारले दिएको उजुरीमा उल्लेख छ। सुरुमा केही थाहा नभएको भए पनि ती बालिकाको पेट बढ्दै गएपछि सोधपुछ गर्दा मात्रै बालिकालाई यौन शोषण गर्ने गरेको रहस्य खुलेको परिवारजनको भनाइ छ।
गरिब दलित परिवारकी ती बालिका गर्भवती भएको खुलेको छ। बालिकाको बिहीबार जिल्ला अस्पताल धनकुटामा स्वास्थ्य जाँच गरिएको छ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट