३१ बैशाख २०७७, बुधबार

पार्टीअध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै २० स्थायी कमिटी सदस्यले वैशाख १० गते नै बैठक बोलाउन लिखित माग गरेका थिए। आफ्नो तीव्र आलोचना हुने संकेत पाएपछि स्थायी कमिटी बैठक टार्दै आएका ओली बुधबार बैठक राख्न सहमत भएका हुन्।

स्थायी कमिटी सदस्यले  स्थायी कमिटी बैठक बोलाएको सूचना पाएको भए पनि एजेन्डाका विषयमा कुनै जानकारी नगराइएको बताए। कोरोना भाइरसको संक्रमण, नीति तथा कार्यक्रम बजेटसहित पार्टीभित्र धेरै विषय उठेको  तर अहिले यो यो विषय भनेर जानकारी गराइएको छैन। बैठकमै जानकारी गराउने होला। ’

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठक स्थगित भएको छ । कोरोना माहामारीका कारण बैठक स्थगित भएको नेकपा केन्द्रीय कार्यलयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।

उनका अनुसार कोरोना माहामारी भइरहेका बेला स्थायी समिति सदस्यहरुको कोरोना परीक्षण गरिएको पीसीआर रिपोेर्ट आइनपुगेकाले बैठक स्थगित गर्नुपरेको हो । मंगलबार स्थायी समिति सदस्य भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।

बैठक आज ११ बजेलाई बोलाइएको थियो । तर डेढ घण्टा अघिमात्रै स्थगित गर्ने सूचना स्थायी समिति सदस्यहरुलाई पठाइएको छ । बैठक कहिले बस्ने भन्ने पनि खुलाइएको छैन ।

 

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट