३० बैशाख २०७७, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओली अनिच्छुक देखिदै आउनुभएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ ।
भोलि ११ बजे बैठक बोलाइएको भन्दै पार्टी कार्यालयबाट स्थायी कमिटी सदस्यहरुलाई एसमएमएस र टेलिफोन गरिएको छ ।
यस अघि बसेको सचिवालय बैठकमा ओलीसहित बहुमत सदस्य बैठकको विपक्षमा उभिएकाले स्थायी कमिटी बैठक स्थगित भएको थियो । त्यसयता प्रचण्डले पटक पटक भेटे पनि प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओली बैठक राख्न सहमत हुनुभएको थिएन तर अहिले एकाएक बैठक तय भएको छ ।
स्रोतकाअनुसार दुई अध्यक्षबीच टेलफोनमा कुराकानी हुनुका साथै अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएपछि स्थायी कमिटी बैठक बोलाइएको हो । बैठक टार्दै आउनुभएका ओली के सहमतिका आधारमा बैठक राख्न सहमत भए ? नेकपा नेताहरुको चासो छ । एक सचिवालय सदस्यका अनुसार ‘स्थायी कमिटी बैठक राखेर दुई अध्यक्षले सम्बोधन गरौं र भोलि नै बैठक सकौं । तपाईलाई कुनै अप्ठ्यारो हुँदैन, म जिम्मा लिन्छु भनेर अध्यक्ष प्रचण्डले भन्नु भएको छ ।’

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट