२२ बैशाख २०७७, सोमबार

नेपालमा कोरोना विरुद्ध लड्न मात्र ३ अर्ब ४२ करोड रुपैयाँ रकमान्तर भएको छ ।अर्थ समितिमा सोमबार आयोजित बैठकमा मन्त्री खतिवडाले अहिले कोरोना संक्रमणको रोकथामलाई उच्च प्राथमिकता दिइएको जानकारी दिए ।
अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार रक्षा मन्त्रालयका लागि २ अर्ब ३४ करोड र स्वास्थ्य मन्त्रालयलाई १ अर्ब ८ करोड रुपैयाँ रकमान्तर गरिएको हो । ५० करोड रुपैयाँ भने सरकारले कोरोना रोकथामका लागि स्थापना गरेको कोसमा जम्मा गरिएको मन्त्री खतिवडाले जानकारी दिए ।

कोरोनाका कारण राजश्वमा चाप परेको भन्दै भन्दै उनले यसबाट खर्चमा समेत प्रभाव पारेको जानकारी दिए । आगामी आर्थिक वर्षको बजेट कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई जोगाउने गरी निर्माण भइरहेको उनले समितिलाई जानकारी गराए ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट