२४ चैत्र २०७६, सोमबार

 

सरकारले यसअघि चैत १८ गतेसम्मको लकडाउनको अवधि बढाएर २५ गतेसम्म लम्ब्याएको थियो । उक्त समयावधि पनि सकिन लाग्दा पुनः आज सरकारले लकडाउनको समय थप गरेको हो । नेपालका नौं जना कोरोना संक्रमण भएको पुष्टि भएको छ । ती मध्ये एक जना निको भइसकेका छन् भने अन्य उपचाररत अवस्थामा छन् । पछिल्लो पटक तीन जना कोरोना पोजेटिभ व्यक्ति भेटिएको थियो । ती मध्ये एक जना विदेशबाट आएका व्यक्तिको आफन्त थिए ।

पहिलो पटक स्थानीयमा भाइरस संक्रमण भएको पुष्टि भएपछि नेपालमा संक्रमण दोस्रो चरणमा प्रवेश गरेको र समुदायमा थप फैलिन नदिन लकडाउनको समय थप गर्नुपर्ने निष्कर्षमा सरकार पुगेको हो । यसअघि सरकारले चैत ११ गतेदेखि १८ गतेसम्म पहिलो पटक लकडाउन घोषणा गरेको थियो भने पछि थप संक्रमित व्यक्ति देखा परेपछि २५ गतेसम्म लकडाउन सरकारले लम्ब्याएको थियो ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट