२३ चैत्र २०७६, आईतवार

हिजो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। अपरान्ह सवा ४ बजेदेखि बसेको मन्त्रिपरिषद् बैठकले एक स्थानीय तहदेखि अर्को स्थानीय तह, एउटा जिल्लादेखि अर्को जिल्ला र एउटा प्रदेशदेखि अर्को प्रदेशसम्म आवातजावतमा पूर्ण रोक लगाउने निर्णय लिएको हो । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सरकारी निवासी पुल्चोकमा यसबारेमा जानकारी दिएका हुन्। सरकारले स्वास्थ्यकर्मीलाई बिमा, प्रोत्साहन भत्तासँगै स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षाका उपकरण प्रोटोकलका आधारमा उपलब्ध गराउने निर्णय गर्दै स्वास्थ्यकर्मीको सुरक्षामा आँच र्पुयाउन खोज्नेलाई कानुनबमोजिम कडा कारबाही गर्ने निर्णयसमेत गरेको छ। यसैबीच सरकारले फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन गर्ने समितिको विज्ञ व्यक्तिकारुपमा रवीन्द्र भट्टराई र कुन्साङ लामा तथा अपराध पीडित संरक्षण समितिमा डा शंकर श्रेष्ठलाई नियुक्त गरेको छ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट