१५ चैत्र २०७६, शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले भिडियो सन्देश जारी गर्दै नेपाल सरकार र डब्ल्युएचओले बनाएका नियमको पालना गर्न आग्रह गर्नुभएको छ ।
समाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उहाले लकडाउनलाई पालना गर्न आग्रह गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले ज्यानको जोखिममा पनि काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, सञ्चारकर्मी र सुरक्षाकर्मीमा सम्मान व्यक्त गर्नुभएको छ ।
संसारभर कोभिड १९ बाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली प्रकट गर्दै प्रचण्डले नेपालमा बिरामी भएकाको सिघ्रस्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
प्रचण्डले दैनिक ज्यालादारीमा जीवन निर्वाह गर्नेहरुका लागि सरकारले विशेष प्याकेज ल्याउने विश्वास व्यक्त गर्नुभएको छ । उहाले कोभिड १९ विरुद्धको अभियानमा सहयोगका लागि मुठ्ठी फुकाउन उद्योग व्यवसायीलाई आग्रह पनि गर्नुभएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट