१३ चैत्र २०७६, बिहीबार

पर्यटनमन्त्री योगेश भट्टराईले लकडाउनलाई जनताले पूर्णरुपमा पालना नगरे ठूलो जोखिम हुने भन्दै एकसाताको लकडाउनले नपुग्ने भएकाले २१ दिनसम्मको लकडाउन सहने गरि बस्नुपर्ने बताउनुभयो । एक अनलाइनलाइ अन्तर्वार्ता दिने क्रममा मन्त्री भट्टराइले लकडाउन लम्बिन सक्ने बताएका हुन ।
सरकारले देशभर एक लाखभन्दा बढी मान्छे राख्ने गरि क्वारेन्टाइन व्यवस्थापन शुरु गरेको छ । उच्चस्तरीय समन्य समितिले पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा गठन गरेको क्वारेन्टाइन व्यवस्थापन समितिले नगरकोटमा मात्रै २ हजार जनालाई राख्न मिल्ने गरी क्वारेन्टाइन बनाउन लागेको छ ।
मन्त्री भट्टराईले नगरकोटका होटलहरु र दुवाकोटस्थित केएमसी अस्पतालमा क्वारेन्टाइन बनाउन हिजो स्थगलत निरीक्षण गरी सहमति जुटाउनुभएको छ । क्वारेन्टाइनमा हुनुपर्ने न्युनतम मापदण्ड सहित व्यवस्थित गरिने उनले बताए ।
मन्त्री भट्टराईका अनुसार केन्द्र सरकारले ५ हजारजनाका लागि क्वारेन्टाइन व्यवस्था गरेको छ भने प्रदेशहरुले दुई दुई हजारको क्वारेन्टाइन बनाउँदैछन् । त्यस्तै ६ वटा महानगरपालिकालाई पनि दुई(दुई हजार राख्ने गरी क्वारेन्टाइन बनाउन भनिएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट