१३ चैत्र २०७६, बिहीबार

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चैत ६ गते दुबईबाट नेपाल आएका ३२ वर्षीय युवकलाई कोरोना भाइरस भएको बताउनुभएको हो । दुबईमा काम गर्ने उनी सारजाह विमानस्थलबाट आएपछि ती युवक काठमाडौंस्थित होटेलमा बसेको पनि ढकालले जानकारी दिनुभयो । ती युवकलाई मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि परीक्षणका क्रममा कोरोना देखिएको ढकालले जानकारी दिनुभयो । ’उनीसँग भेटेका र सम्पर्कमा पुगेका उनका साथी र अन्य मानिसलाई सम्पर्कमा आउन अपिल गरेका छौं’, ढकालले भने, ’दुबईबाट आउँदाका उनका साथीहरुबारे पनि जानकारी लिँदैछौ ं। चाँडो भन्दा चाँडो सबैको विवरण लिएर उनीहरुलाई क्वारेन्टाइनमा राख्छौं ।’
बिरामी भएर स्वास्थ्य परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको ढकालले जानकारी दिनुभयो । एयर अरेबियामा स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड(१९) का तेस्रो संक्रमित धादिङ घर भएका ती युवक सारजाह एयरपोर्ट हुँदै एयर अरेबियाको उडानबाट काठमाडौं आएका थिए । उनी मार्च १९ तारिख (चैत ६) गते एयर अरेबियाको उडान नम्बर जी ९५३७ बाट राति १० बजेर ९ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ । उनको अहिले टेकु अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट