१३ चैत्र २०७६, बिहीबार

फ्रान्सबाट कतार ट्रान्जिट हुदै नेपाल आएकी कोरोना संक्रमित युवतीसँग सुनसरीका पनि ४ जना सोही फ्लाइटमा आएको खुलेको छ ।
अहिले प्रहरीले उनीहरुको खोजी गरिरहेको छ ।
ती ४ जना मध्ये अहिलेसम्म एक जना मात्र धरान ६ पानवारीका व्यक्तिको पहिचान भएको छ । अन्य ३ जनाको सुनसरी प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एवं एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए । ‘को को हुन् भनेर खोजी भइरहेको छ, एक जना धरान ६ का सम्पर्कमा आइसकेका छन् ।
हिजो धरान १६ स्वामी चोकका एक युवा पनि ती संक्रमित युवती आएकै फ्लाइटमा आएको आशंका गरिएको थियो । उनी भने संक्रमित युवती चढेकै जहाजमा आएको भन्ने पुष्टि अहिलेसम्म हुन सकेको छैन । उनलाई हिजो वीपी प्रतिष्ठान लगिएको थियो । तर, स्वास्थ्यकर्मीहरुले उनको आवश्यक कागजपत्र र जाँच गरेर घरमा नै क्वारेन्टाइनमा रहने गरी फर्काइदिएका छन् । उनी कतारबाटै आएपनि युवतीसँगै जहाजमा आएको भन्ने पुष्टि हुन सकेको छैन । वडा नं १६ कै अन्य २ जना पनि हिजो वीपी प्रतिष्ठान लगिएको छ । ती मध्ये एक जना कोरियाबाट आएका हुन् भने अर्को मलेसियाबाट आएका हुन् ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट