११ चैत्र २०७६, मंगलवार

कोरोना भाइरस (कोभिड१९)बाट संक्रमित युवतीसँगै फ्रान्सबाट फर्किएका एकजना युवक काठमाडौं हुँदै बागलुङसम्म पुगेको खुलेको छ ।
चैत ४ मा काठमाडौं ओर्लिएर एकरात यहाँ बसेपछि बागलुङ पुगेका उनी अहिलेसम्म स्वतन्त्र घुमिरहेको भेटिएको छ । फ्रान्सबाट कतार एयरवेजको जहाजमा आएकी युवतीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि उनीसँगै आएका यात्रुको खोजीका क्रमाम ती युवक बागलुङमा भेटिएका हुन् । उनी काठमाडौंबाट बागलुङ पुगेर पनि क्वारेन्टाइनमा नबसी मनलाग्दी घुमिरहेको भेटिएका हुन् । सरकारले विदेशबाट आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको छ । बागलुङ ढोरपाटन नगरपालिकाका ती युवालाई कोरोना संक्रमित युवतीसँगै आएको पुष्टि भएपछि आजबाटै ‘होम क्वारेनटाइन’ मा राख्ने तयारी थालिएको छ । परिवार र स्थानीय जनप्रतिनिधिले दिएको जानकारीअनुसार उनलाई घरमै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन लागिएको हो । त्यसका लागि ढोरपाटनका नगरप्रमुख देवकुमार नेपाली मार्फत आग्रह गरिएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका डा. मिलन मल्लले जानकारी दिनुभयो । फ्रान्सबाट आएकी युवतीमा कोरोना पोजेटिभ देखा परेपछि उनीसँगै आएका ती युवाको पनि खोजी सुरु भएको थियो ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट