११ चैत्र २०७६, मंगलवार

नेपालमा कोरोना संक्रमित एक बिरामी भेटिएको पुष्टि भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विट गरेर चीन नेपालको साथमै रहेको बताएकी छन् । नेपालको लागि चीनले प्रार्थना गरिरहेको उल्लेख गर्दै उनले चिकित्सा सामग्रीहरूको सहयोगका लागि प्रयास गरिरहेको जानकारी दिएकी छन् । चीनले नेपाललाई हतोत्साही नहुन भन्दै ढाडस दिएको छ । चीनले नेपालका लागि स्वास्थ्य सामग्री उपलब्धसमेत गराउने तयारी पनि भइरहेको जानकारी दिएको छ ।

चीनले नेपालका लागि स्वास्थ्य सामग्री उपलब्धसमेत गराउने तयारी पनि भइरहेको जानकारी दिएको छ । नेपालमा कोरोना संक्रमित एक बिरामी भेटिएको पुष्टि भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विट गरेर चीन नेपालको साथमै रहेको बताउनुभएको छ । नेपालको लागि चीनले प्रार्थना गरिरहेको उल्लेख गर्दै उहाले चिकित्सा सामग्रीहरूको सहयोगका लागि प्रयास गरिरहेको जानकारी दिनुभएको छ ।
यसअघि पनि नेपाललाई सहयोगका लागि तयार रहेको जनाएको चीनले हिजो पुनः वचन दोहोर्याएको हो । चीनले नेपाललाई भूकम्प र नाकाबन्दीको बेलामा पनि सहयोग गरेको थियो ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट