७ चैत्र २०७६, शुक्रबार

सहारा नेपाल, जीवन विकास संस्था, फरवार्ड लगायतका लघुवित्त एवम् अन्य समूहहरूबाट सामूहिक जमानीमा ऋण लिएका उनीहरू अध्यक्षले लिएको लाखौँ रुपैयाँ तिर्नु पर्दा सङ्कटमा परेका हुन् । बचत समूहकी अध्यक्ष धनकुमारी मगर गत पुस १५ गते देखि बेपत्ता छिन् । उनले ती लघुवित्त, स्थानीय समूह तथा छरछिमेक तथा आफन्तबाट समेत १० लाख रुपैयाँ भन्दा बढी ऋण लिएको स्थानीयले बताए । अध्यक्ष मगरको खोजी गरी दिन इलाका प्रहरी कार्यालय दमकमा जानकारी गराएको भए पनि आफूहरूले खोज्न नसक्ने जवाफ दमक प्रहरीले दिएको पीडितहरूको गुनासो छ । लघु वित्त संस्थाहरूले सामूहिक जमानीमा ऋण दिने र एक जनाले नतिरे अन्य सदस्यले दामासाहीले तिर्नु पर्ने नियम बनाएका कारण बाँकी सदस्यहरू ऋणको भारमा परेका हुन् ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट