७ चैत्र २०७६, शुक्रबार

सरकारले सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स)को लिखित र प्रयोगात्मक परीक्षा स्थगित गरेको छ ।
यातायात व्यवस्था विभागले लाइसेन्सका लागि आवेदन नै लिन बन्द गरेको हो ।
कोरोना भाइरस (कोभिड(१९) को संक्रमण त्रास बढेसँगै आवेदन र ट्रायल दिन ठूलो भीडभाड हुने भएकाले सेवा स्थगनको निर्णय लिइएको विभागले जनाएको छ । अब वर्ग थप गर्ने काम पनि रोकिने छ भने नवीकरण र प्रतिलिपि निकाल्ने सेवा भने नरोकिने विभागले बताएको छ ।
यसैगरि यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ ।
विभागले सरकारले स्कुल कलेजसहित विभिन्न शैक्षिक संघ संस्था बन्द गरेसँगै सार्वजनिक सवारीमा यात्रुको चाप बढ्ने अनुमानका आधारमा रुट पर्मिट खुला गरेको हो । बिबी राजमार्गमा भने हाल कायम रहेको मापदण्डभित्रका सवारी मात्रै जान पाउनेछन् । काठमाडौंबाट बाहिर आउने र जाने यात्रुलाई सहज र आरामदायी बनाउन यस्तो निर्णय लिइउको विभागले बताएको छ । इजाजतपत्र खुला भएसँगै वैशाख ३ गतेसम्म जुनसुकै सार्वजनिक सवारी रुट परमिट विना नै देशभर जहाँ पनि जान सक्नेछन् । यसले सवारीले यात्रुलाई गन्तव्यमा र्पुयाउन र ल्याउनका लागि पटके पनि काट्नुपर्ने छैन । इजाजतपत्र खुला गर्दा जुन सवारी साधन जता पनि जान पाउने भएपछि यात्रुलाई थप सहज हुने विश्वास गरिएको छ

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट