२० फाल्गुन २०७६, मंगलवार

नेपाल कोभिड–१९ अर्थात कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्दै संयुक्त अरब इमिरेट्स यूएई सरकारले यूएई पुगेका ३० जना नेपालीलाई फिर्ता पठाएको छ ।
वैदेशिक रोजगारीका लागि यूएई हुँदै बहराइन जान लागेका नेपालीलाई नेपाल कोरोनाको उच्च जोखिममा रहेको देश भन्दै स्वदेश फिर्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले अत्यावश्यक कामबाहेक नेपालीलाई विदेश नजान सरकारले आग्रह गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेको छ । भीडभाडमा लामो समयसम्म नजान, बाहिर निस्कँदा मास्क लगाउन र भोजभतेर लगायतका काम नगर्न सरकारको अनुरोध छ । यसैबीच सरकारले अत्यावश्यक काम बाहेक विदेश नजान नेपालीलाई आग्रह गरेको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले अत्यावश्यक काम भएका बाहेकलाई विदेश नजान सरकारले आग्रह गरेको हो । सरकारले चीन, जापान, दक्षिण कोरिया, इरान लगायत कोरोना प्रभावित देशमा ट्राभल एड्भाइजरी नै जारी गरिएको र अरू देशमा जाने नागरिकलाई पनि सकेसम्म नजान आग्रह गरिएको छ । सरकारले देश भित्र पनि भोजभतेर तथा सभा, सम्मेलन नगर्न पनि अनुरोध गरेको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट