१४ फाल्गुन २०७६, बुधबार

‘ड्याजलिङ क्विन’ को नाम फेसबुकमा राखेर मानिसलाई आत्महत्या गर्न बाध्य पार्ने ऋषिराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ प्रहरीले मंगलबार पत्रकार सम्मेलन गर्दै ‘ड्याजलिङ क्विन’ लाई सार्वजनिक गरेको हो । फेसबुकमा ‘ड्याजलिङ क्विन’ नाम राखेर कुरा गर्दै पैसा असुल्ने काम ऋषिले गर्ने गरेका थिए ।
केही समयअघि सुन्दरहरैचा ५, गौशलास्थित भीमकुमारी ढकालको घरमा डेरा गरी बस्ने गुरुप्रसाद अधिकारीको पत्नी वर्ष १९ की प्रिती तिम्सिना (अधिकारी) ले आत्महत्या गरिन् । यो आत्महत्या प्रहरीलाई सामान्य लागेन । प्रितीको सुसाइट नोट र मोबाइलको आधारमा प्रहरीले अनुसन्धान गर्दै जाँदा ‘ड्याजलिङ क्विन’ले प्रितीलाई आत्महत्या गर्न बाध्य पारेको खुल्न आएको थियो ।
प्रहरीले आत्महत्या नभएर प्रितीलाई घटना गराउन ‘ड्याजलिङ क्विन’ ले दुरुत्साहन गरेको तथ्य सार्वजनिक गरिदियो । मोरङ प्रहरीका एसपी विश्व अधिकारीले ड्याजलिङ क्विनले दुरुत्साहन गरेपछि प्रितीले आत्महत्या गरेको तथ्य पत्ता लगाएको बताए ।
प्रहरीका अनुसार ‘ड्याजलिङ क्विन’ फेसबुक आईडी प्रयोग गर्ने दीपा नाम गरेको केटीले अश्लील ‘फोटो पोस्ट गरीदिने’ भन्दै प्रितीलाई ‘ब्ल्याकमेल’ गरेको रहेछ ।
‘पटक–पटक पैसा असुल्ने गरेको र पछिल्लोपटक पनि मागेको मितिमा पैसा नभएपछि आत्महत्या गर्नुपरेको’ भनि सुसाइड नोटमा लेखिएको थियो । ड्याजलिङ क्विन’ फेसबुक आईडी प्रयोग गर्ने दीपा भने खासमा केटी नभएर केटा थिए । उनी थिए ऋषिराम भट्टराई ।
उनले सुनसरीको इटहरी चौकको गोर्खा डिर्पाटमेन्ट स्टोरअगाडि पैसा लिन सुन्दरहरैचा ६ बस्ने सन्जिता निरौलालाई पठाएको पत्ता लगाएपछि प्रहरीले पिछा गर्यो र दुवै प्रहरीको फन्दामा परे । एसपी अधिकारीले म्याद थप गरी दुवैको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । फेसबुकमार्फत धम्क्याएर घटना गरिएको रहेछ एसपी अधिकाररलिे भने, बाँकी तथ्य खुल्न बाँकी छ ।
उनले सामाजिक सञ्जालको प्रयोग गर्दा सावधानी अपनाउन समेत आग्रह गरे ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट