२९ माघ २०७६, बुधबार

धनकुटामा आफ्नै साथीको कुटाइबाट एक जनाको मृत्यु भएको छ ।
छथरजोरपाटी–३ लामोगरा बस्ने २९ बर्षीया पवित्रा राईको कुटपिटबाट मृत्यु भएको हो । गत शनिवार बेलुका सोही स्थानकी २८ बर्षीय निर्मला श्रेष्ठसग पवित्राको सामान्य बिबाद भएको थियो । सोहि क्रममा निर्मलाले पवित्रालाई एक्कासी अगुल्टोले टाँउको र मुखमा हिर्काउदा शक्त घाईते भएकी पवित्राको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयल धनकुटाले जनाएको छ । घटनामा सलग्न निर्मला श्रेष्ठलाई पक्राउ धनकुटा प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट