२६ माघ २०७६, आईतवार

सन् २०१९ को जनवरी महिनाको तुलनामा सन् २०२० को जनवरीमा नेपाल आउने पर्यटकको सङ्ख्या झण्डै २५ हजारले घटेको अध्यागमन विभागले जनाएको छ । सन् २०१९ को जनवरी महिनामा ९१ हजार सात सय पर्यटक नेपाल आएकोमा यो वर्षको जनवरी महिनामा ६७ हजार २० जना पर्यटक मात्रै नेपाल आएका छन् । यो सङ्ख्या गएको वर्षको जनवरी महिनाको तुलनामा २४ हजार ६ सय ८० जनाले कम हो ।
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल हुँदै आएका पर्यटक र स्थलमार्ग हुँदै आएका भारतबाहेक तेस्रो देशका पर्यटकको सङ्ख्या गन्ती हुने र यो वर्षको जनवरीमा ६७ हजार २० जना आएको अध्यागमन विभागले जनाएको छ । जनवरीमा भारत र चीनका पर्यटक केही बढे पनि अन्य देशबाट आउने पर्यटक घटेको विभागले जनाएको छ । हवाइ र स्थलमार्ग हुँदै जनवरीमा चीनबाट १३ हजार ९ सय ५८ जना पर्यटक नेपाल आएका थिए ।
जनवरीभन्दा फेव्रुअरी महिनामा नेपाल आउने पर्यटकको सङ्ख्या झन् कम हुँदै गइरहेको पनि अध्यागमन विभागले जनाएको छ । चीनबाट फैलिएको कोरोना भाइरसको कारण पर्यटक घटेको हुनसक्ने अनुमान रहेको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट