१२ माघ २०७६, आईतवार

सरस्वती सुब्बा,अध्यक्ष्र
राष्ट्रिय भुमी अधिकार मन्च
नेकपाले आफ्ना नेता कार्यकर्तालाई अनुशासनमा राख्न भन्दै आचारसँहिता जारी गरेको छ । यसले पार्टीभित्र अनुशासन कायम राख्न सघाउला कि, औपचारिकतामै सिमित होला ? घोषणा कार्यनयन नभई घोषणामै सिमित भयो भने, यसको जसअपजस कसले लिन्छ होला, नेता कि पार्टीले ? नेताले लिए कुन नेताले लिन्छन् होला ? आचारसंहिता र अनुशासन पालना नगरे कार्बाही हुन्छ भनेर घोषणा गर्नु पुर्व पार्टी भित्र महिला र पुरुषको जिम्मेवारी कतिको बराबरि छ ? प्रमुख पदमा महिलालाई जिम्मेवारी दिनुपर्दा पार्टी भित्र कतिको खिचातानी हुन्छ?उमेदवार सकेसम्म प्रमुख पदमा महिलालाई बनाउने कि पुरुषलाई बनाउने भनेर हेर्दा आचारसंहिताले काम गर्छ कि गर्दैनन् नेता ज्युहरुले चस्मा लगाएको आंखाले हेर्दा राम्रो हुन्छ? पार्टी ठुलो हुदै गर्दा नेताहरूको सोच पनि फराकिलो हुन जरुरी छ । ताकि पार्टी निर्माणमा किसान,महिला,पुरुष र भोट् दिने नागरिकहरुको उतिकै भुमिका छ । जसको कारण ठुलो सिङ्गो कम्युनिस्ट पार्टी बन्न सम्भव भयो, यसको जसअपजस नेताले मात्रै होइन पार्टी चिनेर भोट् दिने जनता सम्म पुग्न जरुरी छ ।  जब पार्टी ठुलो शक्तिशाली हुन्छ अनि कार्यकर्ता देखी नेतासम्मको दम्भ बढ्दै गएको देख्न सकिन्छ ।यसले तत्काल खास असर पार्दैन तर फेरि केही समय पछिको निर्वाचन यसको गतिलो उदाहरण बन्न सक्छ । भोट् जोगाएर राख्न कार्यकर्तामा बिचलन आउन नदिन आचारसंहिता र अनुसार होइन माया सम्मान आवश्यक छ ।अघिल्लो संबिधान सभाको निर्वाचनलाई सम्झने   हो  भने, नेकपा माओवादीका उमेदवार चाहे जोसुकै होस्,  निर्वाचनमा बिजय हासिल गर्न कुनै कसरत गर्नु परेन ।  कारण थियो ,जनता देशमा शान्ति चाहान्थे युद्ध ताका माओवादीले गरेको बाचा पुरा गर्छ भन्दै जे होला एकपटक मतदान गर्न पछि परेनन। केहि समय पछि जनताको मनोभावना पूरा भएन उल्टो काठमाडौंको थापाथली नजिकको सुकुम्बासी बस्ती दुई दिन को सुत्केरी नभनी डोजर लाउन बाबुराम भट्टराई सरकार पछि परेन । जस्को  परिणाम पछिल्लो संबिधान सभाको  निर्वाचनमा माओवादीले कहिँ नभएको हार बेहोर्नु पर्यो ।पार्टी ठुलो हुदैमा भोट् आउँछ भनेर ढुक्क हुनुहुदैन्न भन्ने गतिलो उदाहरण हो यो! अहिले दुईवटा कम्युनिस्ट पार्टी मिलेर इतिहासमै फेरि सिङ्गो कम्युनिस्ट पार्टी शक्तिशाली कम्युनिस्ट विश्वले ओहो भन्ने कम्युनिस्ट पार्टी अब कहिले हार भोग्न नपर्ने कम्युनिस्ट नेता र कार्यकर्ता बिचारवान भएको , कम्युनिस्ट पार्टी निर्माण भएको छ , तर यतिले मात्रै पुग्दैन किसान,मजदुर,महिला,पछाडि पारिएको वर्ग र समुदाय यो पार्टी र नेतुत्वमा अट्टन सकेन्न भने नामले त ठुलो होला तर समावेशीताको नाममा वर्ग र समुदायको नाममा पार्टी पार्टी बन्न सक्दैन बेलैमा नेतुत्वको ध्यान यता जाओस्! सरकार चलाउने र पार्टी शक्तिशाली बनाउने फरक कुरा हो सरकार चलाउन अर्को पार्टीसंग पनि तालमेल गर्न सकिन्छ पार्टी ठुलो शक्तिशाली बनाउन आफ्नो सदस्य बलिया र इमान्दार चाहिन्छ जसको कारण पार्टीलाई निरन्तर अगाडि बढाउन कुनै अप्ठ्यारो आइ लाग्दैन त्यसैले सरकार बनाउने सरकार चलाउने कुरा भन्दा पार्टी शक्तिशाली बनाउने सबै सदस्यहरु आचारसंहिता र अनुशासनमा हिंड्ने बनाउनु नेता ज्युहरुको महत्त्वपूर्ण भुमिका रहन्छ ।यतातिर सबैको ध्यान जाओस्………………..
Chat conversation end

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट