१२ माघ २०७६, आईतवार

सिरहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका–५ मा शुक्रबार राति खाना पकाउने क्रममा जलेर घाइते भएकी महिलाको मृत्यु भएको छ ।
गम्भीर घाइते भएकी विनोद यादवकी पत्नी करिब २५ वर्षीया अनितादेवीको आज बिहान ३ बजेतिर काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । विराटनगरमा उपचार सम्भव नभएपछि हिजो साँझ एम्बुलेन्समार्फत थप उपचारका लागि काठमाडौं लगिए पनि अस्पताल र्पुयाएलगत्तै चिकित्सकले मृत घोषणा गरेका मृतकको परिवारले जनाएको छ ।
अनितालाई जलाएर मारिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी परेको प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । उजुरीपछि मोरङ प्रहरीको सहयोगमा विराटनगरबाट पति विनोदलाई नियन्त्रणमा लिएर हिजो साँझ सिरहा ल्याइएको छ । आगोमा जलेकी अनितालाई पति विनोद र जेठानी चौरासीवतीले शुक्रबार राति विराटनगरस्थित म्याक्स अस्पताल र्पुयाएका थिए । मृतकका बाबु अशोकका अनुसार उपचारमा पनि ढिलाई भएको थियो । अशोकको भनाई अनुसार हिजो बिहान १० बजे माइतीबाट आफूसहित तीन जना विराटनगर पुगेपछि मात्र उपचार सुरु गरिएको थियो ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट