१२ माघ २०७६, आईतवार

सभामुख चयनको प्रक्रिया अगाडि बढाउन नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो ३ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ । सभामुखमा नेकपाको तर्फबाट स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाको एकल उम्मेदवारी परेको छ । सापकोटाको मात्र उम्मेदवार परेकाले प्रतिनिधिसभा नियमावलीको व्यवस्था अनुसार उनी निर्विरोध हुनछन ्। बैठकमा सापकोटाका तर्फबाट प्रस्तावक सुवासचन्द्र नेम्वाङले उम्मेदवारको प्रस्ताव पेस गर्ने कार्यतालिका छ । वक्तव्यसहित पेस हुने प्रस्तावमा समर्थकले धारणा राख्नेछन ्। सापकोटाको समर्थकमा पूर्वसभामुख ओनसरी घर्ती, नेकपाका संसदीय दलका प्रमुख सचेतक देव गुरुङ छन् । यस्तै राष्ट्रिय जनता पार्टी राजपा नेपालका सांसद लक्ष्मणलाल कर्णले पनि सापकोटाको उम्मेदवारीमा समर्थन गर्नेछन् । प्रतिनिधिसभा नियमावलीको नियम ७ को व्यवस्था अनुसार एक जनाको मात्रै उम्मेदवारी परेकाले प्रस्तावक र समर्थकले धारणा राखेपछि सभाध्यक्षबाट सापकोटालाई निर्विरोध सभामुख चयन भएको घोषण हुनेछ । मुख्य विपक्षी दल नेपाली कांग्रेस र अर्को विपक्षी दल समाजवादी पार्टीले सभामुखमा उम्मेदवारी नदिएपछि नेकपा उम्मेदवार सापकोटा निर्विरोध निर्वा्चित हुने निश्चित भएको हो। यस्तै सभामुखमा उम्मेदवार बनेका सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । उनीविरुद्धको रिटमा आजै सुनुवाई हुँदैछ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट