१ माघ २०७६, बुधबार

चीनको सिमानामा पहिलोपटक सशस्त्रको सीमा सुरक्षा पोष्ट (बीओपी) स्थापन गरिएको छ । चीनसँग सिमाना जोडिएको संखुवासभाको किमाथांकामा सशस्त्र प्रहरी बलले सीमा सुरक्षा पोष्ट (बोर्डर आउट पोष्ट) राखेको हो ।
सशस्त्र प्रहरी बल मुख्यालय १ नम्बर बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक नगेन्द्रबहादुर थापा र संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले सीमा पोष्टको उद्घाटन गरेका हुन् ।
पोष्ट स्थापनाका लागि पूर्व क्षेत्रबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा सशस्त्र प्रहरी बलको टोलीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत किमाथांका लगिएको थियो । स्थानीय व्यक्तिका २ तले २ घर भाडामा लिएर सो सीमाचौकी स्थापना गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
सीमा सुरक्षा पोष्ट स्थापना गरिएको स्थान संखुवासभाको सदरमुकाम खाँदबारीबाट ११० किमि टाढा र नेपाल–चीन सीमाबाट १ कीमीको दूरीमा छ । सीमा सुरक्षा पोष्टसँगै सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट संख्या ११२ पुगेको छ । केहि दिनअघि नेपाल सरकारले सशस्त्र प्रहरी बलको १ सय १४ नयाँ सीमा सुरक्षा पोष्ट (बीओपी) स्थापना गर्ने निर्णय गरेको थियो ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट