२९ पुष २०७६, मंगलवार

मोरङमा लामो समय देखि जटिल समस्याका रुपमा रहेको सुकुम्बासी समस्याको समाधान गर्न पहल गरिदिन् माग गर्दै ३ स्थानिय तहका जनप्रतिनिधिहरु बालुवाटार पुगेका छन् ।
बेलबारी,पथरीशनिश्चरे नगरपालिका तथा कानेपोखरी गाँउपालिकाका जनप्रतिनिधिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण समेत गराएका छन् । बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदी,पथरीशनिश्चरेका मेयर दिलीपकुमार राई र कानेपोखरी गाँउपालिकाकी उपाध्यक्ष राजकुमारी इङ्नामको टोलीले प्रधानमन्त्री ओली भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पदमा अर्याल मोरङ क्षेत्र नम्बर ३ का सांसद समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई समेत भेटेर ध्यानाकर्षण गराएका छन् ।
लामो समयदेखि रहेको अव्यवस्थित बसोवासको समस्या समाधानमा चाँडो समाधान गर्न प्रधानमन्त्रीदेखि मन्त्री सम्मलाई ध्यानाकर्षण गराइएको बेलबारीका मेयर सुवेदीले बताउनुभयो । टोलीले नेकपाका अध्यक्ष पुष्पकमल दहाललाई समेत भेटेर समस्या समाधानका लागी ध्यानाकर्षण पत्र बुझाएका छन् । २०३५ सालदेखि जोतभोग गर्दै आएको एउटा पक्ष पूर्जा्विहीन भएको र ०४२ सालपछि सोही ठाउँको पूर्जा निकाल्ने पूर्जावाल पक्षबीचको ‘दोहोरो पहुँच’को समस्याको छानविन गरी तत्काल समाधान गर्नु समेत माग गरीएको मेयर सुवेदीले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट