२९ पुष २०७६, मंगलवार

सत्तारुढ कम्युनिष्ट पार्टी नेकपाले सभामुख चयन गर्न नसक्दा प्रतिनिधि सभा अनिर्णयको बन्दी बनेको छ ।
आन्तरिक किचलो बढ्दा नेकपाले अहिलेसम्म रिक्त पदमा सभामुख चयन गर्न सकेको छैन, जसकारण संसद नै अनिर्णयको बन्दी बनेको हो । साविकका एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुँदा सभामुख पद माओवादी खेमाले नै लिएको थियो । अहिले पनि आफूहरुले नै सभामुख पद पाउनुपर्ने पूर्वमाओवादी अडानका बीच सो खेमाबाट देव गुरुङ र पम्फा भूसाललगायतका आकांक्षी देखिएका छन्। । ओली दाहालको छलफल असफल सभामुख चयनको बिषयलाई लिएर प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच पटक(पटक छलफल भइसकेको छ । तर दुवै नेताले आ–आफ्नो अडान राख्दा सभामुख चयन पेचिलो बन्दैछ । ओलीले नेम्बाङ र अध्यक्ष दाहालले सापकोटालाई च्यापिरहेका छन्। । यता, प्रधानमन्त्री ओलीबाहेकका प्रमुख नेताहरुबीच संगठन विभाग प्रमुख बामदेव गौतमको निवासमा भएको भेलाले पनि ओली दाहालबीच थप असमझदारी पैदा गराएको छ । प्रधानमन्त्री ओलीसँगको सहमतिमै बैठक बसेको नेताहरुले जिकिर गरेपनि ओलीले भने नेताहरुको जमघटप्रति असतुष्टि जनाइसकेका छन् । सत्तासीन दल नेकपाका शीर्ष नेताहरुबीच सभामुख चयनमा कुरा नमिलेपछि संसदको बैठक बस्न सकेको छैन । तत्कालिन सभामुख कृष्णबहादुर महरा बलात्कारको आरोपमा जेल परेपछि नेकपाभित्र सभामुख चयन सकसपूर्ण बन्दै गएको छ । संवैधानिक व्यवस्थाअनुसार एउटै पार्टीले सभामुख र उपसभामुख बनाउन पाउँदैन । नेकपाले अहिले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने कसरत गरिरहेको छ । तर, तुम्बाहाङ्फेले आफूलाई नै सभामुख बनाउनुपर्ने अडान राखिरहेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले आफूलाई नै सभामुख बनाउने सुनिश्चतता दिलाएमात्रै राजीनामा दिने तुम्बाहाङ्फेको शर्त छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट