२८ पुष २०७६, सोमबार

झापा र मोरङका विभिन्न शिविरमा रहेका भुटानी शरणार्थीलाई रोजीरोटी जुटाउन समस्या भएपछि दैनिकी कष्टकर बनेको छ ।
दातृ निकायले उपलब्ध गराउँदै आएको खाद्यान्न र लत्ताकपडालगायतका आवश्यक सामग्री दिन छाडेपछि उनीहरूको दैनिकी थप कष्टकर बनेको हो । एकल महिला, वृद्धवद्धा र सहाराविहीन बालबालिका यसको मारमा पारेका छन ।
झापा र मोरङका सात शिविरमा रहेका भुटानी शरणार्थीको तेस्रो मुलुक पुनर्स्थापना कार्यक्रम सकिएसँगै शिविरमा बाँकी रहेका भुटानी शरणार्थीको जीवनमा समस्याको चाङ थपिएको हो ।
राष्ट्र संघीय शरणार्थी आयोगमार्फत पुनस्र्थापना कार्यक्रमअन्तर्गत एक लाखभन्दा बढी शरणार्थी तेस्रो मुलुक पुनस्र्थापना कार्यक्रममा गइसकेपछि स्वदेश फिर्तीकै माग राखेर शिविरमा बसिरहेका भुटानी शरणार्थीमा खान, लाउन नै समस्या देखिएको हो । मोरङको पथरी शनिश्चरे शिविरका सचिव चम्पासिंह राईले शिविरमा रहनेमा अधिकांश वृद्धवृद्धा,अशक्त र अपांग रहेकाले उनीहरूलाई आवश्यक खाद्यान्न, लता कपडालगायतका सामग्री नहुँदा उनीहरूको जीवन कष्टकर बनेको बताए ।
क्याम्प सचिव राईका अनुसार शिविर भित्र अहिले वृद्धवृद्धा,अशक्त, अपांग र एकल महिला गरी करिब १२० जना छन । त्यसैगरी सहाराविहीन बालबालिकाको संख्या २४ छ । ‘शिविरभित्र धेरै वृद्धवृद्धा, अशक्त र अपांग रहेका छन,’ क्याम्प सचिव राईले भने, ‘साहाराविहीन उनीहरूलाई दैनिकी चलाउन नै समस्या छ । बस्नलाई छाप्रो त छ, तर चुलोमा पकाउने ग्याँस, दाउरादेखि खाद्यान्न र शरीर ढाँक्ने कपडाको समस्या लामो समयदेखि याथावत् छ ।’ साहाराविहीन भएकाले उनीहरू आफैं छाप्रा निर्माणलगायतका काममा समेत आफैं खटिर्नुपर्ने अवस्थासमेत रहेको छ । क्याम्प सचिव राईका अनुसार शिविरभित्र अहिले वृद्धवृद्धा, अशक्त र अपांग र एकल महिला गरी करिब १ सय २० जना रहेका छन । साहाराविहीन बालबालिकाको २४ जना छन ।
भुटानी शरणार्थी तेस्रो मुलुक गएपछि हाल विश्व खाद्य कार्यक्रमले रासन वितरण रोकेको छ । यूएचसीआरले वृद्धवृद्धा, अशक्त र अपांग तथा एकल महिलाका लागि भने तीनरतीन महिनामा सामान्य घर खर्चका लागि उनीहरूको बैक खातामा केही रकम पठाइदिने गरेको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट