२२ मंसिर २०७६, आईतवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले पार्टी एकताका बाँकी काम टुङ्ग्याउने गरी परामर्श थाल्नुभएको छ ।
नेकपा सचिवालय बैठक भोली बोलाइएकाले आज बिहानदेखि नै प्रचण्डले भेटवार्ता तिब्र पारेका छन् ।
आज बिहान प्रचण्डले नेकपा वरिष्ठ नेता, माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेलसँग छलफल गर्नुभएको छ ।
प्रचण्डले पूर्वमाओवादीका नेताहरुसँग पनि परामर्स गरिसक्नुभएको छ । पार्टी एकताका बाँकी काम टुंगो लगाउन भोलि सचिवालय बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ’प्रकाश’ले जानकारी दिनुभयो । सभामुख चयनका विषयमा पनि भोलिको बैठकमा छलफल हुनेछ ।
पार्टीमा कार्यकारी अध्यक्ष बनेपछि प्रचण्डले आफ्नो सक्रियता देखाउन थाल्नुभएको छ । भोलीको सचिवालय बैठकले स्थायी समिति र केन्द्रीय समिति बैठकसमेत बोलाउने तयारी गरेको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट