२२ मंसिर २०७६, आईतवार

गएराति विराटनगर(२ शनिहाटमा ग्याँस लिक भएर आगलागी हुँदा एक वृद्धको मृत्यु भएको हो ।
मृत्यु हुनेमा अन्दाजी ७० वर्षीय जेष्ठ नागरिक जप्रसाद दाहाल छन् । काठमाडौं बसोबास गर्दै आएका उनी केही दिनअघि विराटनगर आएका थिए । एक्लै बस्दै आएका उनी आज बिहान जलेको अवस्थामा मृत भेटिएका हुन ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजकुमार खिइजूका अनुसार ग्याँस लिक भएर आगलागी भएको थियो । घटनास्थलमा ग्याँसको पाइप जलेको अवस्थामा कोशी ग्याँसको सिलिण्डर छ ।
आज बिहान दाहाललाई भेट्न राधेश्याम दराक आएका थिए । वृद्धले ढोका नखोलेपछि छिमेकी बोलाएर हेर्दा जलेको अवस्थामा शव भेटिएको थियो । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी खिइजूले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट