२२ मंसिर २०७६, आईतवार

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारले सपना बाँड्ने तर काम नगर्ने प्रवृतिलाई प्रोत्साहन गरेको आरोप लगाउनुभएको छ ।
नेता केसीले सरकारले भ्रष्टाचारलाई पनि बढावा दिएको बताउनुभयो । काठमाडौंमा आयोजित एक कार्यक्रममा आग्रह पूर्वाग्रहलाई प्रोत्साहन दिएकाले ३३ केजी सुन काण्ड, वाइडबडीमा अनियमितता, एनसेल काण्ड, नेपाल टेलिकमको फोरजीमा भएको अनियमितता तथा वालुवाटार जग्गा काण्डका दोषीलाई कारबाही गर्न नसकेको बताउनुभयो ।
उनले सरकार आफु कमजोर भई काम गर्न नसकेको दोष कर्मचारी प्रशासनलाई लगाएको आरोप समेत लगाउनुभयो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपालले भारतसँग सीमा विवादको विषयलाई स्पस्टसँग राख्न नसकेको बताउनुभयो । उहाले आवश्यक परे नेपाल सीमा विवादको मुद्दालाई लिएर अन्तर्रा्ष्ट्रिय अदालतमा पनि जान पछि पर्न नहुने बताउनुभयो । सतारुढदर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकार राष्ट्रियता, सुशासन र विकास र समृद्धिको यात्रामा सरकार अघि बढेको बताउनुभयो ।
उनले जुन स्तरमा काम हुनुपर्ने थियो त्यो स्तरमा नभएपनि प्रतिपक्षी दलले लगाएको आरोपमा सत्यता नभएको बताउनुभयो । नेता रायमाझीले सीमा विवादको लागि सरकारले कुटनीतिक पहलकदमी अगाडी बढाएको बताउनुभयो ।
नेताहरुले सीमा विवादको समाधानका लागि सबै दलहरुले सरकारलाई साथ दिएकाले तत्काल पहल गरी आफुनो भूमि फिर्ता ल्याउनुपर्नेमा जोड दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट