२० मंसिर २०७६, शुक्रबार

भारतले नयाँ नक्सा जारी गरेपछि सीमा विवादले नयाँ रूप लिएको छ। भारतले लिपुलेक(लिम्पियाधुरामा ३७ हजार हेक्टरसहित करिब ६० हजार ६ हेक्टर नेपाली भूमि मिचेको छ। नेपालले भारतलाई औपचारिक छलफलका लागि पत्राचार गरेको तीन हप्ता बितिसक्दा पनि
सीमा विवादबारे भारतसँग कुटनीतिकमाध्यमबाट छलफलको लागि पत्राचार गरिएको पररष्ट्र मन्त्रालयका प्रवक्ता डा. भरतराज पौडेलले बताउनुभयो। ‘हामीले भारतलाई छलफलका लागि पत्राचार गरेका छौँ, तर, त्यसबारे भारतले कुनै जवाफ फर्काएको छैन,’ उनले भने, ‘भारतले नेपालको पत्रको जवाफ पठाएपछि छलफल अघि बढ्छ।’ परराष्ट मन्त्रालयले भारतलाई सीमा समस्यामा छलफल गर्नका लागि आग्रह गर्दासमेत बेवास्ता गरिरहेको छ। भारतले हालै आफ्नो नक्सामा पारेको नेपाली भूभाग जवरजस्ती आफ्नै भएको दाबी गर्दै आएको छ। प्रधानमन्त्रीले सर्वपक्षीय बैठक डाकेपछि परराष्ट्रमार्फत् सरकारले पहल अघि बढाएपनि भारत यसमा अनिच्छुक देखिएको हो। सीमा विवादबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भूभाग एक इन्च नछोड्ने बताउँदै कालापानीबाट तत्काल भारतीय सेना फिर्ता लैजान निर्देशन दिएपछि दुवै देशको कूटनीतिक क्षेत्र तरंगित भएको थियो। भारतले आफ्नो नक्सामा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको भूभाग आफ्नै भएको जिकिर उत्तराखण्डका मुख्यमन्त्रीले गरेका छन्। तर उनले यसबारेमा नेपालसँग वार्तामा बस्न सकिने पनि बताएका छन्। प्रधानमन्त्री ओलीको निर्णयानुसार विशेष दूतकारूपमा छलफलका लागि जान लागेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय पक्षले समय नदिएपछि रोकिएका छन्। सीमा विवादको विषयलाई भारतले खासै चासो नदिनुमा नेपाल सरकारकै कमजोरी रहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलेसमेत आरोप लागाउँदै आएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट