१८ मंसिर २०७६, बुधबार

तालतलैया सक्नु र आहाराको मुख्य समस्याले गर्दा चराको संख्या घटेको ठहर गरिएको छ ।‘खानु पर्ने भोजनमा पनि कमी आयो अनि सुरक्षा पनि भएन,’ आरक्षका संरक्षण अधिकृत रामदेव चौधरीले भने, ‘बसाई सरेर आउने पाहुना चराको संख्यामा यस वर्ष कमी आएको हो ।’ उनका अनुसार आरक्ष क्षेत्रभित्र माछा मार्न खुल्ला गरेकाले गर्दा पनि अहारामा समस्या भएको हो । ‘खानुपर्ने भोजन छैन, माछा मार्नका कारण चराको सुरक्षा छैन,’ उनले भने ।
कोशी टप्पु आरक्ष आसपासका क्षेत्रमा थुप्रै परिवार माछा मारेरै परिवार पाल्ने छन् । २०६५ भदौ–२ गते कोशी गाउँपालिकाको पश्चिम कुसाहा–४ मा सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएपछि कोशी टप्पुको सुनसरीमा पर्ने ठुलो भाग मरुभुमि बनाएपछि मानवीय चापसँगै चराको संख्या घटेको थियो । पछिल्ला केही वर्षसम्म केही हदसम्म आशालाग्दो गरी चराको संख्या आउने गरेपनि कोशीले तटबन्ध भत्काउनुअघि जस्तो अहिलेसम्म नभएको आरक्ष प्रशासनले जनायो । आरक्ष प्रशासनका अनुसार यकिन तथ्याङ्क नभएतापनि कोशीले पूर्वी तटबन्ध भत्काउनुअघिको तुलनामा अहिले ५० प्रतिशत नै बसाई सरेर आउने चरामा कमी आएको अनुमान गरिएको छ ।
यो वर्ष चखेवा, जलहाँस, बिजुला गोइरी, स्वेत आँखी भुईंलगायतका जातका चरा बढी मात्रमा देखिएका छन् । ट्याकट्याके, बेल्चाढुँडे हास, सुडसुडियाजस्ता चरा पनि थुप्रै भेटिएका छन् । ठूल्ठूला चिल र महाचिल पनि देखिएपनि ठूलो संख्यामा भने देखिएका छैनन् ।
कात्तिक पहिलो सातादेखि आउँन थालेका पाहुना चरा पुस दोस्रो सातासम्म आउँने गर्छन् । तर, अब थप चरा आउने आशा भने कमै मात्र रहेको छ। ‘यस वर्ष ढिलो भयो कि भन्ने पनि छ, तर अब आउने आशा कमै होला,’ चराविद् डाक्टर हेमसागर बरालले भने, ‘९० प्रतिशत हिउँदे पाहुना चरा नेपालमा आइ सके ।’

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट