४ मंसिर २०७६, बुधबार

नेपाल आयल निगमको प्रदेश १ कार्यालय बिराटनगरले सिराहा र सप्तरीका सबै पम्पहरुमा तेल वितरण बन्द गरेको छ ।
आइतबार राति अपहरणमा परेको भनिएको ट्याङ्कर धनुषामा रित्तै भेटिएपछि त्यस क्षेत्रका पम्पहरुमा छानबिनका लागि तेल वितरण रोकिएको आयल निगम प्रदेश १ डिपो प्रमुख अशोक साहले बताए । ‘तेल जथाभावी खन्याउने वस्तु होइन, पक्कै कुनै पम्पमा खन्याइएको हुनुपर्छ, जाँच्नका लागि वितरण रोक्नुपरेको हो,’ साहले भने । तेल वितरण रोकेर प्रहरीसहितको निगमको टोलीले सप्तरी र सिराहाका सबै पम्पमा अनुगमन थालेको प्रमुख साहले बताए । थप अनुसन्धानका प्रक्रियाबारे सप्तरी जिल्ला प्रशासनमा छलफल भइरहरको पनि उनले जानकारी दिए ।
ट्याङ्करका चालक, सहचालक र मालिक पनि आफूहरुसँगै रहेको उनले बताए । साह ट्याङ्कर अपहरण प्रकरण छानबिन गर्न निगमले बनाएको छानबिन समितिका अध्यक्ष हुन् ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट