४ मंसिर २०७६, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।
अहिलेसम्म चार मन्त्री हट्ने पक्का भएको छ । थप केही मन्त्री हट्ने भनिए पनि कोको भन्ने टुंगो लागेको छैन । नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीले आफू छलफलमै रहेको बताएका छन् । स्रोतकाअनुसार अहिलेसम्म कृषिमन्त्री चत्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषि राज्यमन्त्री रामकुमारी चौधरी हट्ने पक्का भएको छ । यस्तै पूर्व एमालेबाट महिला बालबालिकामन्त्री भएकी थममाया थापा पनि हट्ने पक्का भएको छ । पूर्व एमालेबाट अरु केही मन्त्री हट्ने भनिए पनि टुंगो लागेको छैन ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट