४ मंसिर २०७६, बुधबार

राष्ट्रिय मानवअधिकार आयोगले नेपालमा बालअधिकार हननका घटना बढदै गएको तथ्यांक सार्वजनिक गरेको छ ।
राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले नेपालमा वर्षेनी बाल अधिकार हनन्को घटना बढदै गएको जानकारी दिएकी हुन् । उनले हाल २ हजार ३ सय ३० जना बालबालिका हराइरहेको उल्लेख गर्दै उनीहरुको अवस्थाबारे सरकार समेत बेखवर रहेको स्पष्ट पारिन् । ‘नेपालमा हाल २ हजार ३ सय ३० जना बालबालिका हराइरहेको हाम्रो अध्ययनले देखाएको छ,’ हिजो ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भनिन्, ‘तर यसबारे सरकार पूरै बेखवर छ ।’ यसबारे गैरसरकारी संस्थाहरुले पनि वास्ता नगरेको आयोगको निष्कर्ष छ ।
आयोगले बालअधिकार हनन्को घटना हुन नदिन अर्बौैको डलर देश भित्रयाएको सरकार उनीहरुको दयनीय अवस्थाबारे बेखर हुनु दुःखद् भएको टिप्पणी पनि गरेको छ । आयोगकी प्रवक्ता अन्सारीले सरकारसँग बाल अधिकार हनन्का घटनाबारे कुनै जानकारी नै नभएको पनि बताइन् ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट