४ मंसिर २०७६, बुधबार

हिजो केन्द्रीय कार्यालय सानेपा ललितपुरमा पत्रकार सम्मेलन गरी प्रवक्ता विश्वप्रकाश शर्माले ‘नेपाली कांग्रेसको आह्रवान’ नाम दिएर उपचुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । २२ पृष्ठ लामो उपचुनावी घोषणापत्रमा ‘२१ महिनामा सरकारको २१ असफलता’ भनेर सरकारको कामकारबाहीको आलोचना गरिएको छ । कांग्रेसले उठाउँदै आएका विषय (बिभिन्न काण्ड)लाई सरकारको असफलता भनेर घोषणापत्रमा लिपिवद्ध गरिएको छ, जसमा राष्ट्रियताको विषय, शान्ति सुरक्षा, विप्लव प्रकरण, वाइडबडडी प्रकरण, होली वाइन प्रकरण लगायत छन् ।
कांग्रेसले आफ्नै प्रमुख प्रतिपक्षीय भूमिकाको पनि समिक्षा गर्दै भनेको छ, ‘संसदमा सालिन भूमिका र सडकमा केही सांकेतिक प्रर्दशन मात्रै गर्यौं हामीले ।’
एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्यसहित ५२ पदका लागि १४ मंसिरमा उपनिर्वाचन हुँदैछ । उम्मेदवार र नेता कार्यकर्ता सम्बन्धित क्षेत्रमा भोट माग्न ब्यस्त रहेका बेला कांग्रेसले उपचुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।
कांग्रेसले कालापानी विवादमा सरकारले सरकारले अपेक्षित कदम चाल्न नसकेको टिप्पणी गरेको छ ।
भारतले हालसालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटिएको छ । यसमा विषयमा सबै राजनीतिक दल, सबै क्षेत्र र आम जनताको साथ प्राप्त भएको अवस्थामा समेत सरकारले अपेक्षित कदम चाल्न नसकेको कांग्रेसको टिप्पणी छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट