३ मंसिर २०७६, मंगलवार

करेन्ट लागेर मृत्यु भएका संखुवासभाको सभापोखरी गाउँपालिका ६ का स्थानियकरेन्ट लागेर मृत्यु भएकालाई विद्युत प्राधिकरणले क्षतिपुर्ती उपलब्ध दिएको छ ।
करेन्ट लागेर मृत्यु भएका तथा घाइते परिवारलाई विद्युत प्राधिकरणले क्षतिपुर्ती उपलब्ध गराएको हो । गत बैशाख १८ गते सभापोखरी गाउँपालिका–६ स्वाचीमा हाइभोल्टेज गएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको थियो भने ५जना घाइते भएका थिए । पीडित परिवारलाई खाँदबारीमा बोलाएर क्षतिपुर्तीउपलब्ध गराएको विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्रका प्रमुख रामअशिस साहले जानकारी दिनुभयो । करेन्ट लागेर मृत्यु भएका सभापोखरी–६ का भुपाल विश्वकर्माको परिवारलाई पाँच लाख १५ हजार रुपैयाँ उपलब्ध गराइएको छ । मृतक भूपालको परिवारलाई किरिया खर्च १५ हजार त्यसै बेला उपलब्ध गराएको थियो । त्यस्तै प्राधिकरणले अन्य घाइतेका परिवारलाई समेत उपचार बापतको खर्च उपलब्ध गराईएको छ । करेन्टबाट घाइते भएकी तारा विश्वकर्मालाई ९ हजार ६ सय ८३ रुपैयाँ, भगवती विश्वकर्मा लाई १३ हजार ५ सय ९७ रुपैयाँ, मञ्जु तिरुवालाई ६ हजार ७ सय २५ रुपैयाँ उपलब्ध गराईएको छ । त्यस्तै, धनमान लिम्बुलाई ९ हजार र कुलबहादुर विश्वकर्मालाई ६ हजार ८ सय २५ रुपैयाँ उपलब्ध गराइएको शाखाका प्रमुख साहले बताउनुभयो । पीडितहरुलाई नेपाल विद्युत प्राधिकरण विद्युत दुर्घटना क्षतिपुर्ती्विनियमावली २०७६ को बिनियम १२ को आधारमा क्षतिपुर्ती उपलब्ध गराईएको खाँदबारी वितरण केन्द्रले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट